बलिउड मेगास्टार अमिताभ बच्चन हाल आफ्नो नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङमा व्यस्त छन् । चलचित्रको सुटिङमा व्यस्त रहेका अमिताभले आफ्नो ब्लगमा सुटिङको अनुभव साट्दै सेटमा पुरुषको दाजोमा महिलाले धेरै मेहेनत गरेको देख्दा खुसी लागेको बताएका छन् । ‘ठग्स अफ हिन्दुस्तान ’को काम भइरहेको छ । यसको बारेमा मलाई धेरै कुरा लेख्न मन लागेको छ । चलचित्र टिमको गोपनीयताको कारण म धेरै भन्न पाउदिन् । तर मलाई चलचित्र सेटको विभिन्न बिगाभमा महिलाहरूको सक्रिय देख्दा साह्रै खुसी लागेको छ। ’ उनले आफ्नो ब्लगमा लेखेका छन् । चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’मा अमिताभको साथै आमिर खान, कैटरिना कैफ र दंगल नायिका फतिमा सना शेखको मुख्य भूमिका रहेको छ । चलचित्र सन् २०१८ को दिवालीमा रिलिज हुने छ।