नेपाली चलचित्र क्षेत्रमा आस गरेकी नायिका हुन् साम्राज्ञीराज्य लक्ष्मी शाह । पहिलो चलचित्र ‘ड्रिम्स’ हिट दिएसँगै करिब दुई वर्ष पछि साम्राज्ञी अभिनित ‘ए मेरो हजुर २’ रिलिज भएको थियो ।

ए मेरो हजुर २ प्रदर्शन हुनु अगाडी साम्राज्ञीमा डर थियो पहिलो चलचित्र जस्तै दोस्रो चलचित्रमा उनलाई दर्शकले साथ मिल्छ कि मिल्दैन भन्ने । तर उनको डर जितमा परिणत भएको छ । उनी अभिनित दोस्रो चलचित्रलाई दर्शकले रुचाए ।

हाल उनी आफ्नो तेस्रो चलचित्र ‘तिमी सँग’को लागी व्यस्त छिन् । यसै चलचित्रको टाइटल गीत छायाङ्कन गर्ने अन्नपूर्ण बेस क्याप पुगेकी साम्राज्ञीले हिउँमा खेलेको केही तस्बिरहरू इन्टाग्राममा सेयर गरेकी छिन् । 

चलचित्र  निर्माण  टिमले छायाँकन स्थलकाे बारेमा जानकारी दिन राेक लगाएता पनि साम्राज्ञीले अाफ्नाे इन्टाग्राममा रमाइलाे भिडियाे सहित केही तस्बिरहरु सेयर गरेकी हुन् ।